‘जात्रै जात्रा’को ५१ दिने सक्सेस पार्टी



रंगखबर, काठमाडौँ – प्रदीप भट्टराई निर्देशित तेस्रो फिल्म ‘जात्रै जात्रा’ले प्रदर्शनको ५१ दिन पुरा गरेको अवसरमा भव्य पार्टी आयोजना गरेको छ । भट्टराईको डेब्यु फिल्म ‘जात्रा’ र दोस्रो फिल्म ‘शत्रुगते’ले पनि ५१ दिने माइलस्टोन पार गरेका थिए ।

राजधानीको क्युएफएक्स सिभिल मल, बिग मुभिज, एफक्युब, बिएसआर, अष्टनारायण, गुण सिनेमा र गोपीकृष्ण मुभिजमा फिल्मले ५१ दिने प्रदर्शन पुरा गरेको थियो ।

राजधानीको सोल्टी होटलमा आयोजना गरिएको पार्टीमा हाँस्य जगतका कलाकारहरुको उपस्थिति थियो । कार्यक्रममा फिल्मको कलाकार, प्राविधिक, वितरक, प्रदर्शक र मिडियाकर्मीलाई मायाको चिनो र कदरपत्र बाँडिएको थियो ।

त्यस्तै ‘स्वेताश्री फाउन्डेसन’लाई १ लाख ११ हजार नगद सहयोग पनि गरिएको थियो । कार्यक्रममा पुगेकी स्वेताले अन्त्यसम्म बसेर रमाइलो गरेकी थिइन् ।

जेठ ३ गते रिलिज भएको फिल्ममा विपिन कार्की, दयाहाङ राई, वर्षा राउत, रविन्द्र सिंह बानियाँ, रविन्द्र झालगायतका कलाकारको मुख्य भूमिका छ ।

 

प्रतिक्रिया दिनुहोस्