एक्सन प्रधान ‘एकलव्य’को ट्रेलर सार्वजनिक



रंगखबर, काठमाडौँ – साउन १० गते रिलिज हुने फिल्म ‘एकलव्य’को ट्रेलर युट्युबमा सार्वजनिक गरिएको छ । एक्सन प्रधान फिल्मको ट्रेलरमा मुख्य कलाकार सोनाम थापा मगर र पुष्कर राउतको एक्सन अवतारमा प्रस्तुत भएका छन् ।

देशमा भैरहेका गुण्डागर्दी, अपहरण, हत्या, भ्रस्टाचारजस्ता समस्याहरुलाई बुनिएको फिल्मलाई निर्देशक अनमोल शर्माले सामाजिक प्रेमकथा भनेका छन् । फिल्ममा ओसिन भट्टराई, महिला सिलवाल, शुशिल पोखरेल, शुष्मा कार्की, राजेन्द्र दुलाल, बिराग लोगुनलगायतको पनि अभिनय छ ।

राजेन्द्र दुलाल, सोनाम थापा मगर र अभी थापा मगरले सयुंक्त रुपमा निर्माण गरेको फिल्ममा कृष्ण श्रेष्ठको छायाँकन, अर्जुन जिसीको सम्पादन, राजेन्द्र बजगाईंको संगीत र भोजराज देवकोटाको पटकथा/संवाद रहेको छ ।

प्रतिक्रिया दिनुहोस्