‘गीत गजल’को प्रेमिल गीत रिलिज



रंगखबर, काठमाडौँ – असोज २४ गते रिलिज हुने फिल्म ‘गीत गजल’बाट पहिलो गीत आउट गरिएको छ । नव-कलाकार रुप पोखरेल र आरोही सिंह गीतमा फिचरिङ छन् । दुवै कलाकारले यहिँ फिल्मबाट मुख्य भूमिका डेब्यु गरेका छन् ।

अर्जुन पोखरेलद्वारा शब्द, संगीत सृजित ‘छ की छैन तिमीलाई थाहा’ बोलको गीतमा सुरेश लामा र अन्जु पन्तले स्वर दिएका छन् । गीतमा नितिन चन्दको कोरियोग्राफी छ । उनि फिल्मको निर्देशक पनि हुन् । यसअघि नितिनले ‘जोनी जेन्टलम्यान’ निर्देशन गरेका थिए ।

फिल्ममा रश्मी भट्ट, विशाल पहाडी, ओम प्रतीक, आज्ञा करनजीत, सान्तवना भट्टराई, भिमा मैनाली बालकलाकार योगीशा खत्री, सुजल खनाललगायतको पनि अभिनय छ ।

फिल्मलाई आरोहण क्षेत्रीले निर्माण गरेका हुन् । भने, सह-निर्मातामा सुजन आचार्य छन् ।

प्रतिक्रिया दिनुहोस्