कार्तिकमा सौगातको ‘माछा माछा’, अफिसियल पोस्टर रिलिज



रंगखबर, काठमाडौँ – अभिनेता दयाहाङको निर्माणमा सौगात मल्लले अभिनय गरेको फिल्म ‘माछा माछा’ रिलिजको लागि तयार भएको छ । निर्माण पक्षले अफिसियल पोस्टरसँगै रिलिज डेट पनि सार्वजनिक गरिदीएको छ । अब फिल्म कार्तिक २९ गते हलहरुमा अवतरण गर्नेछ ।

तीन जना गाउँले युवकहरुले शहरिया जीवन स्थापित गर्न लागिपरेको संघर्षको कथामा सौगातसँगै विजय बराल र अनोज पाण्डे केन्द्रिय भूमिकामा छन् । पोस्टरमा यी तीनको दोस्ती पनि झल्किएको छ । सुनिल गुरुङ निर्देशित कमेडी ड्रामामा माओत्से गुरुङ खलपात्रको भूमिकामा हुन सक्ने अनुमान गरिएको छ । उनि आफ्नो समुहमा नेपाली क्रिकेटको जर्सी, ब्याट, बल र स्टम्सको साथ प्रस्तुत भएका छन् ।


फिल्ममा नम्रता श्रेष्ठ,  प्रवीण खतिवडा, पुस्कर गुरुङ, कमलमणि नेपाल, भोलाराज सापकोटा, सरिता गिरी, धुर्व कोइराला, बसन्त भट्टको पनि अभिनय छ ।

सिनेमा आर्ट र नौमती इन्टरटेनमेन्टको व्यानरमा निर्मित सिनेमामा दयाहाङसँगै निर्देशक रामबाबु गुरुङको पनि लगानी छ । मणिराम पोखरेलको कार्यकारी निर्माण रहेको फिल्ममा ओमचंद्र रौनियार र अर्जुन कार्कीले लगानीमा सहकार्य गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्