मेलिनाको ‘भेट किन भयो’ सार्वजनिक



रंगखबर, काठमाडौं- संगीतकार सुनिल राईको संगीत रहेको नयाँ गीतको भिडियो सार्वजनिक गरिएको छ । भेट किन भयो बोलको गीतमा पछिल्लो समयकी चर्चित गायिका मेलिना राईको स्वर छ । सार्वजनिक गीतको शब्द रचना रोवार्ड सिप्तुङ्गख राईले गरेका हुन् ।

राजु कार्कीले एरेञ्ज गरेको गीतको भिडियो निर्देशक निकेश खड्काले गरेका हुन् । लक्ष्मी बर्देवा र निराजन प्रधानलाई फिचर्ड गरिएको गीतको भिडियोलाई बुद्ध थापाले छायाँकन गरेका हुन् । भने, भिडियो सम्पादनको जिम्मेवारी विकाश धमालाले सम्हालेका छन् ।

प्रतिक्रिया दिनुहोस्