प्रियंका र सृष्टिको प्रेम, ‘जस्ट अनदर लभस्टोरी’को पहिलो झलक



रंगखबर, काठमाडौँ – अभिनेत्री प्रियंका कार्कीको निर्देशनमा बन्दै गरेको वेव सिरिज ‘जस्ट अनदर लभस्टोरी’को पहिलो झलक सार्वजनिक गरिएको छ ।

प्रियंकाले आफ्नै अफिसियल युट्युब च्यानलबाट सिरिजको गीतको टिजर सार्वजनिक गरेकी हुन् । टिजरमा प्रियंका र सृष्टि श्रेष्ठ विचको प्रेम अनुभूति गर्न सकिन्छ । सार्वजनिक गीतको टिजरले सिरिज समलिंगी महिलाको प्रेमकथा आधारित रहेको प्रष्ट पार्छ ।

‘पहार’ बोलको गीतमा सज्जनराज बैद्यको शब्द, संगीत र स्वर छ । बैद्यले यसअघि समलिंगी पुरुषको प्रेममा आधारित ‘हतारिंदै बतासिदै’ बोलको गीत सार्वजनिक गरिसकेका छन् । जुन युवापुस्ताले अत्याधिक रुचाएका थिए ।

अगस्तदेखि प्रियंकाकै युट्युब च्यानलबाट प्रिमियर हुने ‘जस्ट अनदर लभस्टोरी’मा कार्की स्वयमको लेखन छ । अविन भोले खिचिरहेको सिरिजको फोटोग्राफी निर्देशक आयुषमान देशराज जोशी हुन् ।

प्रतिक्रिया दिनुहोस्