प्रभासको ‘साहो’ रिलिज अन्यौल, अगस्त ३० मा पुग्ने सम्भावना !



रंगखबर, काठमाडौँ – अगस्त १५ बलिउड फिल्म रिलिजलाई लिएर चर्चामा छ । यो मितिमा अक्षय कुमारको ‘मिसन मंगल’, जोन अब्राहमको ‘बटला हाउस’ र प्रभासको ‘साहो’ रिलिज हुँदैछन् ।

तीन ठुला फिल्म एकै डेटमा जुध्ने भएपछि त्यसको असर नेपालसम्म पुगेको छ । अगस्त १५ अर्थात् साउन ३० मा रिलिज हुने भनिएको प्रतिक्षित फिल्म ‘हजार जुनीसम्म’ले यो डेट छोडिसकेको छ । मात्र, नेपाली फिल्म ‘दयारानी’ सरेको छैन ।

यसैबीच ‘साहो’को रिलिजलाई लिएर नयाँ खबर बाहिरिएको छ । भारतीय मिडिया लेखे अनुसार अगस्त १५ बाट ‘साहो’ पछाडी हट्ने संकेत देखा परेका छन् ।

फिल्म निर्माण टिमले अगस्त ३० मा फिल्म रिलिज गर्ने सोच बनाइरहेको छ । तर, यो खबर भने आधिकारिक होइन । अगस्त १५ मा बलिउडको दुई फिल्म मात्र नभएर दुई तलेगु पनि रिलिज हुँदैछन् ।

शारवानन्द स्टारर ‘रानारंगम’ र अदिवि शेषको ‘इवारु’ पनि यो डेटमा रिलिज हुने खबर छ । जसले गर्दा ‘साहो’ निर्माताहरुले रिलिज डेट पोस्टपोन्ड गर्ने सोच लिएको बताइएको छ ।

त्यस्तै अगस्त १५ मै बहुप्रतिक्षित वेव सिरिज ‘स्याक्रेड गेम’को दोस्रो सिजन पनि सुरु हुँदैछ । स्वतन्त्रता दिवसको अवसरमा थुप्रै फिल्म जुध्ने देखिएपछि ‘साहो’ सर्ने सङ्केत देखिएको हो ।

३ सय करोडको उच्च बजेटमा निर्मित ‘साहो’मा प्रभास र श्रद्धा कपूरको मुख्य भूमिका छ । अगस्त १५ को डेटबाट के ‘साहो’ हच्किएला ?

प्रतिक्रिया दिनुहोस्