मेलिना र युवराजको स्वरमा ‘एकलब्य’को गीत रिलिज



रंगखबर, काठमाडौँ – फिल्म ‘एकलब्य’को रोमान्टिक गीत सार्वजनिक गरिएको छ । ‘मलाई बनायौँ किन’ बोलको गीतमा फिल्मको मुख्य कलाकार सोनम थापा मगर र ओसिन भट्टराई फिचरिङ छन् ।

राजेन्द्र बजगाईंको शब्द, संगीत रहेको गीतमा मेलिना राई र युवराज चौलागाईंले स्वर दिएका छन् । भने, कोरियोग्राफीको पाटो रामजी लामिछानेले सम्हालेका छन् ।

अनमोल शर्मा निर्देशित फिल्ममा पुस्कर राउत, सुशील पोखरेल, शुष्मा कार्की, महिमा सिलवाल, राजेन्द्र दुलाल, विराग लोगुनको पनि अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्