हलमा हरर फिल्म ‘घर’, कस्तो गर्ला व्यापार ?



रंगखबर, काठमाडौँ – वर्षौँ बित्दा मात्र हलमा नेपाली हरर फिल्म रिलिज हुन्छन । व्यावसायिक सफल नहुने भएकाले निर्माता हरर फिल्ममा जोखिम मोल्न चाहदैनन् । तर, निर्देशक अर्पण थापाले लगातार २ वर्ष हरर फिल्म लिएर हल पुगेका छन् ।

गत साल यिनै निर्देशकको ‘सुनकेसरी’ रिलिज भएको थियो । हरर भनिएपनि यसले दर्शक तर्साउन नसकेको आरोप पनि लाग्यो । पहिलो प्रयासमा देखिएका कमि-कमजोरी सुधार्न निर्देशक थापाले ‘घर’ रिलिज गरेका छन् ।

सुरक्षा पन्त, वेनिशा हमाल र निर्देशक स्वयमको मुख्य भूमिका रहेको ‘घर’ शुक्रबारदेखि अलनेपाल रिलिज भएको छ । पहिलो हररमा कमेडी मिसाउँदा फिल्मनै हल्का बनेको प्रतिक्रिया आएपछि यसपटक हार्डकोर हरर तयार गरेको थापाले बताउदै आएका छन् ।

अब हेर्न बाँकी छ, ‘घर’ले ऐतिहासिक व्यापार गर्दै हरर फिल्मको इतिहासमा सफल नाम लेखाउने छ । वा, अघिल्ला हरर जस्तै हराएर जानेछ !

प्रतिक्रिया दिनुहोस्