सूर्यमालाको ठाउँमा मिथिला ‘आमा’



रंगखबर, काठमाडौँ – दीपेन्द्र के खनालको निर्देशनमा छायाँकनरत फिल्म ‘आमा’मा मिथिला शर्माको इन्ट्री भएको छ । शर्माको इन्ट्रीसँगै सुर्यमाला खनाल बाहिरिएकी छन् । अब सुर्यमालाले निभाउने शिर्ष भूमिकामा मिथिला हुनेछिन् ।

झरी पानिमा फिल्म खिचेने भएकाले ‘आमा’को छायाँकन निरन्तर जस्तो चलिरहेको छैन । फिल्ममा कुनै सम्झौता नहोस् भनि पानि कुर्दै छायाँकन गर्नु पर्दा सुर्यमालाको समय नमिल्ने देखिए पछि सहमति मै उनले फिल्म छोडेको निर्देशक खनालले बताएका छन् ।

सूर्यमाला आगामी असोजमा अमेरिका उड्दैछिन् । फिल्ममा मिथिला संलग्न भएपछि अब साउन ११ देखि पुन: छायाँकन सुरु गरिने बताइएको छ । आगामी फागुन ९ गते रिलिज गरिने फिल्ममा सुरक्षा पन्त, देशभक्त खनाल, सरिता गिरी, आशान्त शर्मा, मनिष निरौला, पदम बुढाको पनि अभिनय रहनेछ ।

प्रतिक्रिया दिनुहोस्