आफुलाई राजा ठान्ने युवकको कथामा रमितको ‘राजा साहेब’



रंगखबर, काठमाडौँ – तीन वर्ष अगाडी रिलिज भएको ‘बुद्ध वर्न इन नेपाल’ पश्चात अभिनेता रमित ढुंगानाको कुनै फिल्म रिलिज भएका छैनन् । यदि तपाई रमितको फिल्म पर्खिदै हुनुहुन्छ भने, अब त्यो चाहना छिट्टै पुरा हुने भएको छ ।

उनकै शिर्ष भूमिका रहने फिल्म ‘राजा साहेब’को सोमबार घोषणा गरिएको छ । बिचल किराँतीको निर्देशनमा बन्ने फिल्मलाई दर्शकले तिहारसम्म हेर्न पाउने बताइएको छ । तर, फिक्स छैन ।

फिल्मको लागि भनेर रमितले लामो कपाल र दारी पालेका छन् । घोषणा समारोहमा प्राय भन्दा भिन्न देखिएका रमितले भने ‘राजा साहेब भन्ने वित्तिकै यो राजाको कथा होइन । आफूलाई राजा सोच्ने एक यूवाको कथा हो ।’ यहि फिल्मको लागि रमितले १८ लाख पारिश्रमिक बुझेको चर्चा छ ।

किराती फिल्मस् र आकाश फिल्मस्को संयुक्त व्यानरमा बन्ने फिल्ममा धिरेन शाक्य, जयकिशान बस्नेत, उमेश खड्का, प्रज्ज्वल गिरी, टार्जनको पनि प्रमुख भूमिका रहनेछ । यहि फिल्मबाट सोनिका केसी र आइशा राइले डेब्यु गर्दैछन् ।

बुधबारदेखि छायाँकन सुरु हुने फिल्मलाई चन्द्र लामा, ज्याक सुब्बा र भिम कार्कीले निर्माण गर्दैछन् । शंकर न्यौपाने, आकाश राई र आइशा राई कार्यकारी निर्माता रहेको फिल्ममा सिसम डाँगी सह–निर्माताका रुपमा छन् ।

निर्देशक किराँतीको लेखन रहेको फिल्ममा पवन गौतमको छायाँकन, श्री श्रेष्ठको द्वन्द्व, ओम सुनुवारको संगीत, समीर मियाँको सम्पादन र रामजी लामिछानेको नृत्य निर्देशन रहनेछ ।

प्रतिक्रिया दिनुहोस्