छवि र शिल्पालाई पक्राउ गर्न जिल्ला अदालतको आदेश



रंगखबर, काठमाडौँ – बहुविवाह सम्बन्धी कसूरमा अनुसन्धानको लागि निर्माता छवि ओझा र अभिनेत्री शिल्पा पोखरेलविरुद्द पक्राउ पूर्जी जारी भएको छ । छविकी पहिलो पत्नी हेमा ओझाले दिएको बहुविवाह उजुरी बुधबार दर्ता भएपछि काठमाडौँ जिल्ला अदालतले दुवै जनालाई पक्राउ गर्न प्रहरीलाई आदेश दिएको हो ।

काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले पूर्जी जारी भएको पुष्टि गरेका छन् । हेमाको उजुरीको आधारमा महिला सेल, कालिमाटीले अनुसन्धान थालेको बोगटीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्