‘यो मात चढेको साँझमा’ तनुजाको साथमा !



रंगखबर, काठमाडौँ – आजभोलि बलिउडमा मात्र होइन नेपालमा पनि पुराना गीतलाई रिमेक गर्ने प्रचलन बढ्दो छ । विशेष गरि फिल्मी संगीतमा यसले निरन्तरता पाउँदैछ ।

यसैबीच सन् १९७४ को हिट फिल्म ‘मनको बाँध’मा समावेश ‘यो मात चढेको साँझमा’ बोलको गीतलाई रिमेक गरिएको छ । फिल्म ‘जाइरा’मा समावेश गरिएको गीतको रिमेक सार्वजनिक पनि गरिएको छ ।

मीना निरौलाको कामुक स्वर सजित गीतमा तनुजा गुरुङले नृत्य पस्केकी छन् । उनलाई गोविन्द राईले स्टेप्स सिकाएका छन् । गीतमा प्रमोद अग्रहरी र सिर्जना रेग्मीलाई पनि प्रस्तुत गरिएको छ । गीतमा किरण खरेलको शब्द र शिव शंकरको संगीत छ । गीतको ओर्जिनल भर्सनमा मीरा राणाले स्वर दिएकी थिइन् ।

आशुतोषराज श्रेष्ठले निर्देशन गतेको ‘जाइरा’ भदौ ६ मा रिलिज हुँदैछ । फिल्ममा नम्रता श्रेष्ठले मुख्य भूमिका निर्वाह गरेकी छन् । उनि मिक्स मार्सल आर्ट खेलाडीको भूमिकामा प्रस्तुत भएकी छन् । साथै, फिल्ममा अनुपबिक्रम शाही, प्रमोद अग्रहरी, सृजना रेग्मी, रेमनदास श्रेष्ठ, सुजाता श्रेष्ठ, सम्राट मगरले पनि अभिनय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्