कंगनाले पाइनन् सहयोग, हिट होला त ‘जजमेन्टल हे क्या’ ?



रंगखबर, काठमाडौँ – कंगना रनाउत र राजकुमार राव स्टारर फिल्म ‘जजमेन्टल हे क्या’ले बक्सअफिसमा दोस्रो साताको यात्रा तय गरेको छ ।

प्रकाश कोवेलामुडी निर्देशित फिल्मले समिक्षकबाट तारिफ पनि बटुल्यो । तर, दर्शकले त्यति रुचाइ दिएनन् । रिलिज अगाडीको अनावश्यक कन्ट्रोभर्सीले गर्दा मिडिया सपोर्ट पनि फिल्मले पाएन । आठौँ दिनसम्म आइपुग्दा ३२.३२ करोड कमाइसकको छ ।

फिल्मको गुण हेर्दा ‘जजमेन्टल हे क्या’ लामो रेसको घोडा बन्नु पर्थ्यो । तर, कमजोर मिडिया सपोर्टको कारण बजेट रिकभर गर्न पनि हम्मे परिरहेको छ ।

एकता कपूर, सोभा कपूर र शैलेशराज सिंहले फिल्म बनाउन ३५ करोड खर्चिएका छन् । फिल्मले दोस्रो विकेन्डसम्म लगानी उठाउने छ ।

फिल्मबाट कंगना र राजकुमारले उम्दा प्रतिक्रिया पाए । मानसिक विक्षलन भएका मानिसको भूमिका निर्वाह गरेका दुवैले दर्शकको मन जिते । एक प्रकारको मानसिक रोग एक्यूट साइकोसिसबाट ग्रसित युवतीको कथा आधा जति दर्शकले बुझेनन् । र फिल्मको ‘माउथ पब्लिसिटी’ दुई भागमा विभाजन भयो । त्यसको प्रत्यक्ष असर बक्सअफिसमा देखियो ।

त्यसैमा यसपटक कंगनाको सपोर्टमा कुनै बलिउड कलाकार उभिएनन । यदि बुझ्ने कलाकारले कंगनाको फिल्म हेरेर बेलिबिस्तार लगाईदिएको भए बक्सअफिस नजिता अर्कै आउने थियो ।

तर, पनि अहिलेसम्मको व्यापार मध्यम मान्नुपर्छ । बक्सअफिसमा हिट ट्याग पाउन कम्तिमा ५० करोड आसपास व्यापार गर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्