विराज र निकिता स्टारर ‘साङ्लो’ रिलिज डेट फाइनल



रंगखबर, काठमाडौँ – विराज भट्ट, निकिता चाण्डक स्टारर फिल्म ‘साङ्लो’ले आफ्नो अफिसियल रिलिज डेट तय गरेको छ । विराजकै निर्माण एवं निर्देशन बनेको फिल्म कार्तिक १५ मा रिलिज हुनेछ । रिलिजको दोस्रो दिन परेको छठपर्वको विदाले फिल्मको इनिसियल व्यापारमा सघाउ पुर्याउने छ ।

दर्शक पोस्ट प्रोडक्सनमा छिरेको एक्सन लभस्टोरीको प्रतिक्षामा छन् । फिल्ममा कामेश्वर चौरसिया अमित गिरी, रमेश सोडारी, जयनन्द लामा, आरपी पन्त, भरत शाह, दुर्गा सुवेदीको पनि अभिनय छ ।

सुदुरपश्चिमको रमणीय स्थानमा छायाँकन गरिएको फिल्मलाई तेज बहादुर खड्काले निर्माण गरेका हुन् । बिराज भटट् फिल्म प्रोडक्सन प्रालीको व्यानरमा निर्मित फिल्मको पटकथा/संवाद शिवम अधिकारीले लेखेका हुन् ।

प्रतिक्रिया दिनुहोस्