‘मारुनी’ ट्रेलर: पति-पत्नीको बीचमा साम्राज्ञीको एकोहोरो प्रेम



रंगखबर, काठमाडौँ – तीजमा रिलिज हुने फिल्म ‘मारुनी: कलर अफ लाइफ’को ट्रेलर रिलिज गरिएको छ । साम्राज्ञी राज्यलक्ष्मी शाह, पुष्प खड्का र रेविका गुरुङ अभिनित फिल्मको ट्रेलर ठम्याउनै गाह्रो पर्छ ।

निर्देशक नवल नेपालले फिल्म कन्टेन्टबेस भएको बताएका थिए । तर, ट्रेलरले त्यस कुरालाई मज्जाले खुलाएको छैन । ट्रेलरमा पुष्पको पत्नीको रुपमा रेविका छिन् । भने, प्रेमिकाको भूमिकामा साम्राज्ञी । ट्रेलरमा रेविकाको भूमिकालाई छायाँमा पारिएको छ । जो दर्शकको लागि सरप्राइज प्याकेज हुन् सक्छ ।

साम्राज्ञीको पागलप्रेम ट्रेलरमा महसुस गर्न सकिन्छ । जबर्जस्त संवादसहितको ट्रेलर थ्रिलर बनाइएको छ । ‘कलर अफ लाइफ’ भनिएको ट्रेलर रातो रंगले भरिएको छ ।

पुनम इन्टरटेनमेन्ट व्यानरमा निर्मित फिल्ममा आयुष प्रधान, अर्जुन श्रेष्ठ, शंकर सेढाई, बिनोद भट्टराई र सुशील क्षेत्रीलगायतको पनि अभिनय छ ।

पुनम गौतमले निर्माण गरेको फिल्मसँग राजा प्रधान, दर्शन केसी र मीना क्षेत्रीले लगानीमा सहकार्य गरेका छन् । तीज अवसर पारि भदौ १३ मा फिल्म रिलिज हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्