६ पोर्न फिल्म साइन गरेकी सन्नीले अपोजिटमा चाहन्थिन प्रेमीलाई…



रंगखबर, काठमाडौँ – बलिउडमा अभिनेत्री सन्नी लियोनीले आफूलाई स्टारको रुपमा उभ्याइसकेकी छन् । तर, उनको करिअरको पछाडी फर्केर हेर्दा संघर्षको फिल्म नै बन्छ ।

उनको करिअरको संघर्षमा आधारित वेव सिरिज ‘करनजित कौर: द अनटोल्ड स्टोरी’ अगस्त ५ देखि वर्ल्ड प्रिमियर भैसकेको छ । उक्त सिरिजमा सन्नीको जीवनका थुप्रै रहस्यहरु खोलिएका छन् ।

सन्नी पोर्न फिल्म (ब्लु) हुँदै बलिउडमा भित्रिएकी हुन् । पोर्न फिल्म क्षेत्रमा आउनु भन्दा पहिले उनले पत्रिका बेचेर गुजारा चलाउथिन । जब १९ वर्षको उमेरमा उनले पोर्न फिल्ममा डेब्यु गरिन । त्यसपछि उनको करिअरले गति लिन थाल्यो ।

सुरुवातमा उनि समलिंगी महिलाको पोर्न फिल्ममा मात्र काम गर्ने भनेर पोर्न क्षेत्रमा लागेकी थिइन् । पछि उनले पुरुष पोर्नस्टारसँग पनि फिल्म खेल्न थालिन । सन् २००७ मा उनले एकै पटक ६ पोर्न फिल्ममा साइन गरेकी थिइन् । तर, त्यसको लागि उनले आफ्नो प्रेमी मेट एरिक्सनसँग मात्र फिल्म खेल्ने सम्झौता गरेकी थिइन् ।

मेट एरिक्सनसँग केहि फिल्म गरे पछि सन्नीको ब्रेकअप भयो । ब्रेकअप पछि सन्नीले पोर्न फिल्ममा काम गर्न बन्द गरिदिइन । मेट पछि सन्नीको जिन्दगीमा क्यानाडियन चर्चित कमेडियन  रसेल पीटर्सको इन्ट्री भयो । रसेलसँग पनि सन्नीको प्रेम जीवन त्यति लामो चलेन ।

त्यसपछि डेनियल वेबरसँग ३ वर्षे प्रेमलाई  सन् २०११ मा वैवाहिक जीवनमा परिणत गरेकी थिइन् । सन्नीको यस वर्ष पाइपलाइनमा तीन तामिल फिल्म छन् । त्यस्तै भदौ २७ गते रिलिज हुने नेपाली फिल्म ‘पासवर्ड’मा पनि सन्नीको छोटो भूमिका र आइटम नृत्य दर्शकले हेर्न पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्