क्षमता अभिवृद्धिका लागि पोखरामा चलचित्र पत्रकारिता कार्यशाला हुने



रंगखबर, काठमाडौँ – फिल्म पत्रकारको क्षमता अभिवृद्धिका लागि ‘चलचित्र पत्रकार संघ नेपाल’ले पोखरामा तीन दिने कार्यशाला आयोजना गर्ने भएको छ । हालै बसेको केन्द्रिय समितिको चलचित्र विकास बोर्डसँको सहकार्यमा आउँदो भदौ १८, १९ र २० गते कार्यशाला गर्ने निर्णय गरेको हो ।

‘अहिले चलचित्र पत्रकारिताप्रति धेरैको आकर्षण बढेको छ तर सँगसँगै समस्या पनि देखिएको छ,’ संघका अध्यक्ष सापकोटाले भने, ‘पत्रकारिताका आधारभुत मूल्य र मान्यतालाई पनि कतिपयले आत्मासाथ गर्न नसकेको अवस्था छ। फिल्म पत्रकारिता गर्ने कतिपयले त अझै फिल्म के हो, राम्रोसँग नबुझेको देखिन्छ। यो कार्यशालाले उनीहरुको क्षमता र ज्ञानको स्तर बढाउन ठूलो भूमिका खेल्ने हाम्रो अपेक्षा छ।’ सन्दीप सापकोटाले भनेका छन् ।

कार्यशालामा सहभागी हुन् इच्छुक चलचित्र पत्रकारले १५ सय रकमसहित संघको कार्यालयमा नाम दर्ता गर्नुपर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ । जसको लागि भदौ १० सम्म मिति तोकिएको छ ।

कार्यशालामा दक्ष प्रशिक्षकद्वारा पत्रकार आचारसंहिता तथा मिडिया कानुन, फिल्म समीक्षा, डिजिटल पत्रकारिता, समाचार भर्सेस गसिप, पर्यटन र फिल्म पत्रकारिता, फोटो र मल्टीमिडिया लगायतका विधामा प्रशिक्षण दिने बताइएको छ।

बिज्ञप्ति:-

प्रतिक्रिया दिनुहोस्