पुष्पको फिटनेस, शुगठित शरीरमा किलर लूक्स



रंगखबर, काठमाडौँ – २०७४ सालको राष्ट्रिय अवार्ड विजेता पुष्प खड्का अहिले फिल्म ‘मारुनी’को प्रचारमा व्यस्त छन् । निर्देशक नवल नेपालसँग दोस्रो पटक सहकार्य गरेका पुष्पको लागि ‘मारुनी’ विशेष छ ।

यसै वर्ष रिलिज भएको ‘दाल भात तरकारी’ले पुष्पलाई सफलताको उचाइमा पुर्याइसकेको छ । त्यसैले ‘मारुनी’को सफलता ‘दाल भात तरकारी’सँग जोडिनेछ । जसले करिअरलाई थप सहयोग पुग्नेछ । ‘मारुनी’ भदौ १३ मा रिलिज हुँदैछ ।

म्युजिक भिडियो हुँदै फिल्ममा प्रवेश गरेका पुष्पले आफुलाई मेन्टेन गरिरहेका छन् । नृत्यमा पोख्त यी अभिनेताको शारीरिक सुन्दरता पनि उत्तिकै छ । गोरो वर्णका पुष्प आफुलाई फिट राख्न जिम धाउछन । पछिल्लो समयमा नेपाली फिल्म उद्योगका कलाकार पनि विदेशी जस्तै फिटनेसमा ध्यान दिन थालेका छन् ।

हेर्नुहोस् पुष्पको सुगठित शरीर तस्विरमा

तस्विर: कमल निकोन क्षेत्री 

प्रतिक्रिया दिनुहोस्