‘कबड्डी ३’ ट्रेलरमा उपासनाको लागि दयाहाङ, कर्मा र विल्सनको लडाई



रंगखबर, काठमाडौँ –  सुपरहिट सिरिज ‘कबड्डी’को तेस्रो सृंखला ‘कबड्डी कबड्डी कबड्डी’को ट्रेलर रिलिज गरिएको छ । ३ मिनेट ३४ सेकेण्ड लामो ट्रेलर रोमान्टिक कमेडी छ । अघिल्लो सृंखलाकै फ्लेवरमा ट्रेलर छ ।

रामबाबु गुरुङ निर्देशित फिल्ममा केहि पात्र थपिएका छन् । भने, पृष्ठभुमि मुस्ताङकै गाउँ छ । दयाहाङ राई कथाका मूल पात्र हुन् । उनको अपोजिटमा उपासना सिंह ठकुरी छिन् । कर्मा शाक्य, विल्सनविक्रम राई र लूनिभा तुलाधर पनि यसपटक ‘कबड्डी’का नयाँ पात्र हुन् ।

असोज ३ गते रिलिज हुने फिल्ममा बुद्दि तामाङ, विजय बराल, पुस्कर गुरुङ, कविता आले, माओत्से गुरुङ, लूनिभा तुलाधर, कमलमणि नेपाल, अरुणा कार्की पोखरेल, डा: सिंह गुरुङ, शिला खनाल र मणि के राईको पनि अभिनय छ ।

नेपाली फिल्म उद्योगको ब्राण्डको रुपमा स्थापित भैसकेको सिरिजको कारण ‘कबड्डी कबड्डी कबड्डी’ले बक्सअफिसमा ठुलो ओपनिङ गर्ने अनुमान गरिएको छ ।

सिनेमा आर्टसँग बाँसुरी फिल्मस् र माउन्टेन स्टोरिजले सहकार्य फिल्ममा मणिराम पोखरेल, अर्जुन कार्की र ओमचन्द रौनियारको लगानी छ । भने, सह-निर्मातामा रुदेन सदा लेप्चा छन् ।

प्रतिक्रिया दिनुहोस्