‘पोइ पर्यो काले’को फस्टलुक पोस्टरमा के छ विशेष ?



रंगखबर, काठमाडौँ – युवापुस्ता माझ चर्चित जोडी पूजा शर्मा र आकाश श्रेष्ठ त्यस्तै  रियल जोडी सौगात मल्ल र पुर्व मिस नेपाल/ अभिनेत्री श्रीष्टि श्रेष्ठ अभिनित फिल्म पोइ पर्यो कालेको फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ।  सार्वजनिक पोस्टरमा फिल्मका मुख्य यी  कलाकारका साथमा सोहित मानन्धर पनि अटाएका छन् ।

शिशिर राणाको कथा तथा निर्देशन रहेको फिल्ममा दीपक मनाङे (राजीव गुरुङ),अमला देवी राई, किरण नेपाली, अर्जुन खनियाँ र देव तामाङ लगायतको निर्माणमा बनेको चलचित्रमा लाल बहादुर खाती,अर्जुन पोखरेलको संगीत, कमल राई र रामजी लामिछानेको नृत्य निर्देशन, तारा थापा किम्भेको सम्पादन शिब ढकालको छायाँकन छ।

पूजा, आकाश, सौगात र श्रीष्टिका अलावा फिल्ममा सोहित मानन्धर, बिन्दा खतिवडा, राजाराम पौडेल, राजेन्द्र नेपाली, गोपाल ढकाल ‘छन्दे’ र निर्देशक राणा स्वयं यसका कलाकार रहेका छन् भने अभिनेत्री सुरक्षा  पन्त अतिथि भूमिकामा देखिने छिन्। फिल्ममा सौगात मल्ल काले पोइ बनेका छन् भने उनको जोडी सृष्टि श्रेष्ठ हुनेछिन्। आकाश श्रेष्ठ र पूजा शर्मा अर्को जोडीका रूपमा देखिने चलचित्रमा सृष्टि र पूजा दिदीबहिनी हुनेछन्। फिल्म यहि कार्तिक ८ गतेबाट अल नेपाल प्रदर्शन हुदैछ।

प्रतिक्रिया दिनुहोस्