यस्तो बन्यो ‘रातो टिका निधारमा टलक्क टल्कियो’को रिमेक



रंगखबर, काठमाडौँ – फिल्म ‘रातो टिका निधारमा’को शिर्ष गीत सार्वजनिक गरिएको छ । दशैँको रमझम समेटिएको गीतमा कलाकार साम्राज्ञी राज्यलक्ष्मी शाह र अंकित शर्माले कम्मर मर्काएका छन् ।

शम्भुजित बाँस्कोटाद्वारा संगीतवद्द गीतमा फिल्मका अन्य कलाकारहरु रविन्द्र झा, नीता ढुंगाना, खुस्बु खड्का, बुद्दि तामाङ, बसुन्धरा भुषाल, शिवहरि पौडेल, जयनन्द लामा, लक्ष्मी गिरी, अरुणा कार्की, राजराम पौडेल, कमला रेग्मीलगायतलाई पनि देख्न सकिन्छ ।

उमेश पाण्डे र रमना श्रेष्ठको स्वर रहेको गीतको रिमेकमा प्रमोद खरेल र मेलिना राईले स्वर भरेका छन् । शहदेव ढुंगाना शब्द रहेको गीतमा बसन्त श्रेष्ठले कोरियोग्राफी गरेका छन् । फिल्म ‘अल्लारे’मा समावेश ‘रातो टिका निधारमा’ बोलमा राजेश हमाल र करिश्मा मानन्धरले नृत्य पस्केका थिए ।

अशोक शर्मा निर्देशित फिल्म घटस्थापनाको २ दिन अगावै असोज १० मा अलनेपाल रिलिज हुँदैछ । किरण शर्मा र कृति शर्माले लगानी गरेको फिल्म ए.ए ग्रुप अफ कम्पनीजको व्यानरमा निर्माण गरिएको हो ।

फिल्ममा शम्भुजित बाँस्कोटा र कल्याण सिंहको संगीत, बसन्त श्रेष्ठको कोरियोग्राफी, पुरुषोत्तम प्रधानको छायाँकन, मित्र देव गुरुङको सम्पादन, राजेश शाहको भिएफएक्स छ ।

प्रतिक्रिया दिनुहोस्