भुवनले लेख्नै पर्यो ‘एन्टी हिरोमा अनमोल र आफु मात्र फाइनल भएका छौँ’



रंगखबर, काठमाडौँ – केहि समय अगाडी अभिनेता भुवन केसीले अनमोल केसी र आफ्नो मुख्य भूमिका रहने फिल्म ‘एन्टी हिरो’ घोषणा गरे । प्रि-प्रोडक्सनमा व्यस्त रहेका भुवनले निर्देशक र मुख्य कलाकारको नाम सार्वजनिक गर्न सकिरहेका छैनन् ।

प्रि-प्रोडक्सनको तनाव एक ठाउँमा छ । यतिबेला भुवनलाई अर्को तनाव आइपरेको छ । आफ्नो फिल्मको बारेमा संचारमाध्यममा गलत समाचार आइदिदा भुवनले स्टाटस नै लेख्नु पर्यो, ‘एन्टी हिरोमा अनमोल र आफु मात्र फाइनल भएका छौँ’ उनले लेखे ।

‘काजल फिल्मस र मेरो आगामी सिनेमाको बारेमा सानो जानकारी: हामी अहिले प्रि-प्रोडक्सनमा छौँ । अहिलेसम्म बजारमा आएका केहि समाचार गलत छन् । सहि समयमा हामि मेरो आधिकारिक फेसबुक पेज र काजल फिल्मसको इन्स्टाग्राम पेजबाट महत्वपूर्ण समाचार बाहिर ल्याउने छौँ । अहिलेसम्म अनमोल केसी र भुवन केसी मात्र सिनेमाको लागि फाइनल भएका छन् ।’ उनले आफ्नो फोटोसहित समाचार खण्डनको स्टाटस पोस्ट गरेका छन् ।

केहि अनलाइन पोर्टलमा ‘एन्टी हिरो’मा जसिता गुरुङ र भुवन स्वयमको निर्देशन भन्ने खबरहरु सम्प्रेषण भएका थिए । फिल्ममा अनमोल हिरो र भुवन भिलेनको भूमिकामा पर्दापण हुँदैछन् ।

तस्विर: अनमोल केसीको फेसबुक पेज 

प्रतिक्रिया दिनुहोस्