निन्द्रामा हिड्ने बिरामीले तनावमा इलियाना



रंगखबर, काठमाडौँ –  करिब १ वर्ष पछि अभिनेत्री इलियाना डिक्रुज पर्दामा आउने तयारी गरिरहेकी छन् । उनको प्रमुख भूमिका रहेको ‘पागलपन्ती’ छायाँकनमै छ । तर पनि नोभेम्बर अन्त्यसम्म यो फिल्म प्रदर्शनको लक्ष्य राखिएको छ ।

सन् २०१२ मा ‘बर्फी’बाट बलिउडमा शानदार इन्ट्री मारेकी इलियाना त्यसपछि केहि सुस्ताइन । वर्षैपिछे फिल्म रिलिज भएपनि उनको कामले त्यति प्रसंशा पाउन सकेन । पछिल्लो समय प्रेमीसँगको झगडाको कारण इलियाना चर्चामा आइन । स्रोत भन्छ ‘इलियाना र उनका प्रेमीको झगडा सुल्झिएको छैन ।

यसै साता इलियानाले गरेको एउटा ट्विटले चर्चा पायो । ट्वीटमा उनले आफुलाई निन्द्रामा हिड्ने रोग लागेको अनुमान गरिन । यो खबरले उनका धेरै प्रशंसकलाई दुखि तुल्यायो ।

 

उनले लेखेकी छन् ‘अब मलाई ढुक्क भैसक्यो कि, म निन्द्रामा हिड्ने रहेछु । किन भने, विहान उठ्दा मेरो खुट्टा सुनिएको र घाउ लागेको पाउँछु । यो बुझ्नलाई अर्को कुनै माध्यम छैन ।’ पक्कै पनि यस्तो खालको समस्या त निन्द्रामा हिड्ने बिरामीलाई नै हुन्छ ।

प्रशंसकले रि-ट्विटमा इलियानालाई डाक्टरको जान भनेका छन् । भने, कोहिले घरमा क्यामरा लगाउन सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्