कबड्डी ३ गीत: काजीलाई ‘माया पिरती’ले ऐठन पार्यो !



रंगखबर, काठमाडौँ – शुक्रबारदेखि रिलिज हुने फिल्म ‘कबड्डी कबड्डी कबड्डी’को नयाँ गीत सार्वजनिक भएको छ । ‘माया पिरती’ बोलको रोमान्टिक नम्बरमा दयाहाङ राई र उपासना सिंह ठकुरी फिचरिङ छन् ।

कालीप्रसाद बाँस्कोटाको शब्द, संगीत र स्वरमा तयार गीतले फिल्मको मुख्य पात्र काजी (दयाहाङ)को मनोदशा बोल्छ । सोल्टिनी (उपासना)सँगको नजिकपनदेखि काजी टाढा हुन् खोजिरहेका छन् । गीतको भावले दुवैको प्रेमजग बसाएको छ ।

रामबाबु गुरुङले निर्देशन गरेको फिल्ममा कर्मा शाक्य, विल्सन विक्रम राई, बुद्धि तामाङ, माओत्से गुरुङ, विजय बराल, रिश्मा गुरुङ, लुनिभा तुलाधर, कमलमणी नेपाल, अरुणा कार्कीलगायतका कलाकारको अभिनय छ ।

सिनेमा आर्टको प्रस्तुतिसँग बाँसुरी फिल्मस् र माउन्टेन स्टोरिजले सहकार्य गरेको फिल्ममा मणिराम पोखरेल, अर्जुन कार्की र ओमचन्द रौनियारले लगानी गरेका छन् । असोज ३ देखि अलनेपाल रिलिज हुने फिल्मले बक्सअफिसमा बम्पर व्यापार गर्ने अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्