वाग्लेको ‘पारस’मा निश्चल र सन्दीप, चैत २८ मा हुनेछ रिलिज



रंगखबर, काठमाडौँ – ‘लूट’ सिरिज निर्माण गरेर ख्याति कमाएका निर्माता माधव वाग्लेले फिल्म निर्देशनमा डेब्यु गर्ने भएका छन् । आफ्नो पहिलो निर्देशकीय प्रोजेक्टको बारे वाग्लेले जानकारी साझेदारी गरेका छन् ।

उनले निर्देशन गर्ने फिल्मको नाम ‘पारस: द अनलक्की म्यान’ जुराइएको छ । झट्ट सुन्दा पुर्वयुवराज पारसको जीवन बोकेको लाग्ने भए पनि फिल्मको कथाले पारससँग कुनै सम्बन्ध नराख्ने वाग्लेले जानकारी दिए । यो एक अनलक्की पुरुषको कथा हो । जहाँ पात्रको पारस हुन्छ ।

फिल्ममा अहिलेसम्म निश्चल बस्नेत र सन्दीप क्षेत्री फाइनल भएका छन् । अन्यबारे जानकारी हप्ता दिनमै गराइने बताइएको छ । मंसीरदेखि छायाँकनमा जाने फिल्मलाई चैत २८ मा रिलिज गरिने बताइएको छ । यो मितिमा बिग बजेटमा बन्दै गरेको ‘प्रेमगीत ३’पनि रिलिज हुँदैछ ।

निर्माता वाग्लेलाई ‘लूट’ र ‘लूट २’ले चर्चित बनाएको थियो । ‘छड्के’, ‘मिसन पैसा २’, ‘रेशम फिलिली’, ‘लभ शासा’ र ‘चंगा चेट’ फिल्म पनि वाग्लेले नै निर्माण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्