‘कबड्डी ४’मा सिरिजको समाप्ति – निर्देशक रामबाबु गुरुङ



रंगखबर, काठमाडौँ – दुई सृंखला बक्सअफिसमा सुपरहिट भएपछि निर्देशक रामबाबु गुरुङले ‘कबड्डी’को तेस्रो भाग दर्शकमाँझ पस्किदैछन् । असोज ३ देखि हलमा कबड्डीको फ्लेवर फलिदैछ । सोमबार राजधानीमा आयोजित प्रेस भेटघाटमा निर्देशक गुरुङले ‘कबड्डी कबड्डी कबड्डी’को न्वारन र आगामी सृंखलाको बारेमा खुलासा गरे ।

दोस्रो भाग ‘कबड्डी कबड्डी’मा रिश्मा गुरुङ (मैया)ले सौगात मल्लसँग विवाह गरे पछि, क्लाइमेक्समा सृजना सुब्बाको आगमन हुन्छ । नाताले सोल्टिनी पर्ने सृजनाको दयाहाङ राई (काजी)प्रतिको मोह देखाइएको छ ।’ क्लाइमेक्ससँगै निर्देशक गुरुङ ‘कबड्डी’ सृंखलाको बिट मार्न चाहन्थ्ये ।

तर, करिब ४ वर्ष पछि तेस्रो भाग निर्माणको निचोडमा पुगे  । ‘सुरुवातमा त दुई सृंखला मात्र निर्माण गर्ने सोच थियो । दर्शकले काजीको विवाह गरेर एक्लोपनबाट मुक्ति गरिदिन आग्रह गर्नुभयो। हाम्रो टिमको छलफलमा यो कुरा पारित भयो । अनि तेस्रो भागको कथा लेख्न सुरु गरियो ।’ रामबाबुले बेलिबिस्तार लगाए ।

तेस्रो भागमा काजीको जीवनमा उपासना (सोल्टिनी)को आगमन भएको छ । भने, मैयाको प्रेममा एक्लिएका काजी अरुसँग प्रेम गाँस्न चाहदैनन् । फिल्ममा मैयाको कस्तो भूमिका छ ? र काजीले मैयालाई छोडेर सोल्टिनीलाई अपनाउलान त ? कब्बड्डी प्रति दर्शकको यस्तै जिज्ञासा छन् ।

निर्देशकले यी प्रश्नको उत्तर दिदै ‘कबड्डी ४’को लागि बाटो छोड्नेछन् । ‘कबड्डी ४’ले सृंखलाको अन्त्य गर्ने निर्देशकले बताए ।

फिल्ममा विल्सन विक्रम राई, कर्मा शाक्य, बुद्दि तामाङ, माओत्से गुरुङ, रिश्मा गुरुङ, लूनिभा तुलाधर, विजय बराल, कमलमणि नेपाल, अरुणा कार्कीलगायतका कलाकारको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्