रानुको खुलासा, ‘सलमानले मेरो लागि घर किनेका छैनन्’



रंगखबर, काठमाडौँ – कुनै रेल्वे स्टेशनमा गीत गाएर पेट पाल्दै आएकी रानु मण्डल अब सेलेब्रेटीसरह भैसकेकी छन् । उनको जादुयी आवाजको प्रभाव बलिउड सेलेब्ससँगै आम-दर्शकमा परिसकेको छ ।

गायक, संगीतकार हिमेश रेशमियाले आफ्नो फिल्ममा पार्श्वगायनमा मौका दिएपछि उनको दिनचर्या नै फेरिएको छ । चर्चाको शिखरमा रहँदा रानुलाई अभिनेता सलमान खानले ५५ लाखको घर किनिदिएको खबर पनि आए । सलमानको यो कार्यका लागि दर्शकले सहानुभूति पनि देखाए ।

तर, हालैको एक अन्तर्वार्तामा रानुको यस गलत खबरको खुलासा गरेकी छन् । सलमानले उनलाई कुनै घर किनिदिएका छैनन् । ‘यदि घर किनिदिएको भए त सलमानले घोषणा गर्थ्य होला ।’ उनले अन्तर्वार्तामा भनेकी छन् ।

फिल्म ‘ह्याप्पी हार्डी एण्ड हीर’मा गाउने मौका दिएकोमा गायक हिमेशलाई रानुले धन्यबाद दिएकी छन् ।

प्रतिक्रिया दिनुहोस्