सुशान्त र श्रद्दाको ‘छिछोरे’ले कमायो सय करोड



रंगखबर, काठमाडौँ – सुशान्त सिंह राजपुत र श्रद्दा कपूर स्टारर फिल्म ‘छिछोरे’ले प्रदर्शनको १२ औँ दिनमा सय करोड क्लबमा इन्ट्री गरेको छ । १२ औँ दिनको ४.११ करोड कमाईसँगै टोटल १०२.१९ करोड पुगेको छ ।

सुशान्तको यो सय करोड क्लबमा इन्ट्री गर्ने तेस्रो फिल्म हो । यसअघि ‘पिके’ र ‘एमएस धोनी’ले सय करोड माथिको कारोबार गरेका थिए । यस्तै श्रद्दाको करिअरमा सय करोड कमाउने यो पाँचौ फिल्म बनेको छ । उनका ‘एक भिलेन’, ‘ए.बी.सि.डी २’, ‘स्त्री’, र ‘साहो’ले यो माइलस्टोन पार गरिसकेका छन् ।

नितेश तिवारी निर्देशित फिल्मले लाइफटाइम १ सय ३० करोडसम्मको कमाई गर्न सक्ने अनुमान छ । रिलिजको पहिलो दिन ७.३२ करोड कमाएको फिल्मले प्रत्येक दिन ८.५० को औसतमा कमाई गरिरहेको छ । जम्मा ५० करोडको बजेटमा निर्मित सिनेमा सुपरहिट सावित भैसकेको छ ।

 

प्रतिक्रिया दिनुहोस्