‘भूल भुलैया २’मा कार्तिकको जोडी कियारा



रंगखबर, काठमाडौँ – अन्तत: अभिनेता कार्तिक आर्यनले मुख्य भूमिका निभाउने फिल्म ‘भूल भुलैया २’को लागि अभिनेत्री फाइनल भएकी छन् । फिल्म ‘कबिर सिंह’बाट दर्शकको मन जितेकी कियारा आडवाणी ‘भूल भुलैया २’मा जोडिएकी हुन् ।

‘कबिर सिंह’मा कियाराले साहिद कपूरसँग जोडी बाँधेकी थिइन् । २०१९ मा सर्वाधिक कमाई गरेको फिल्मलाई दर्शक तथा समिक्षकले सहराएका थिए ।

अक्टुबरबाट छायाँकनमा जाने फिल्मको फर्स्टलुक पोस्टर पनि सार्वजनिक गरिएको छ । सन् २००७ मा रिलिज भएको ‘भूल भुलैया’मा अक्षय कुमारको प्रमुख भूमिका थियो । हरर कमेडी फिल्मले बक्सअफिसमा दमदार व्यापार गरेको थियो ।

कार्तिक अहिले फिल्म ‘पति पत्नी और वो’को छायाँकनमा व्यस्त छन् । भने, करण जोहरको ‘दोस्ताना २’मा पनि प्रमुख भूमिका निभाउदै छन् । यो फिल्ममा कार्तिकले अभिनेत्री जाहन्वी कपूरसँग जोडी बाँध्दैछन् ।

यस्तै कियारा अक्षय कुमारको ‘लक्ष्मी बम्ब’मा अभिनय गरिरहेकी छन् । भने, ‘इन्दुकी जवानी’ नामक फिल्ममा पनि छिट्टै व्यस्त हुनेछिन ।

 

प्रतिक्रिया दिनुहोस्