अन्तत: ‘छक्का पन्जा २’ युट्युबमा रिलिज (फिल्मसहित)



रंगखबर, काठमाडौँ – दर्शकको चर्को आलोचना पछि अन्तत: ‘छक्का पन्जा २’ युट्युबमा रिलिज गरिएको छ । बक्सअफिसमा १४ करोडको व्यापार गरेको फिल्म युट्युब रिलिज नगर्ने भनेर निर्माण पक्षले घोषणा गरेको थियो ।

युट्युबमा फिल्म रिलिज नगरेपछि दर्शकले लगातार दीपक-दीपाको आलोचना गरेका थिए । समुहको छैटौँ फिल्म ‘छ माया छपक्कै’ रिलिज हुनु भन्दा केहि साता अगाडी रिलिज गरिएको फिल्मले युट्युबमा कस्तो साथ र प्रतिक्रिया पाउने छ ? त्यसले ‘छ माया छपक्कै’को व्यापारमा असर गर्नेछ । ‘छ माया छपक्कै’ असोज २४ मा अलनेपाल रिलिज हुँदैछ ।

दीपाश्री निरौला निर्देशित फिल्मले समिक्षकबाट नकारात्मक प्रतिक्रिया पाएको थियो । कमेडी फिल्ममा दीपकराज गिरी, प्रियंका कार्की, जितु नेपाल, केदार घिमिरे, बुद्दि तामाङ, वर्षा राउत, स्वस्तिमा खड्का, स्वरुप पुरुष ढकाललगायतका कलाकारको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्