क्यानडामा ‘सिने स्टार अवार्ड – २०२०’ आयोजना हुने



रंगखबर, काठमाडौँ – नेपालमा पछिल्लो समय कला क्षेत्रमा अवार्डको खेति मौलाउदै गएको छ । यसलाई कलाकारको सम्मान भन्दा पनि आयोजकले दुनो सोझाउने विकृतिको रुपमा हेर्न थालिएको छ । विवादरहित अवार्ड आयोजना गर्ने भन्दै वर्षेनी नयाँ – नयाँ अवार्ड थपिदै गएका छन् । तर, कुनै पनि अवार्ड पानि माथिको अछुतो बन्न सकेका छैनन् ।

यसैबीचमा नेपाली फिल्मको योगदानको निमित्त भन्दै ‘सिने स्टार अवार्ड’ घोषणा गरिएको छ । नेपाली पर्यटन वर्ष – २०२० लाई प्रवर्दन गर्ने अठोट लिएको अवार्ड समारोह क्यानडाको टोरोन्टोमा आगामी जनवरी ३१ तारिखमा आयोजना हुँदैछ ।

जुरी र लाइफटाइम एचिभमेन्टसहित १४ विधामा अवार्ड वितरण हुने आयोजक कम्पनि हिल्सा इन्टरटेनमेन्ट प्रालिले बताएको छ । उसँग जी.टी.ए. लायन्स क्लब टोरेन्टो क्यानडा र सिने मल्टीभिजन क्यानडाले सहकार्य गरेका छन् । अवार्डमा २०७५ साल भित्र प्रदर्शन भएका फिल्मले सहभागिता जनाउने छन् ।

उत्कृष्ट ३ को मनोनयन पछि निर्णायक मोहन निरौला, रमेश बुढाथोकी र दिनेश डिसीले विजेताको टुंगो लगाउने छन् । उत्कृष्ट तीनको मनोनयनमा पर्ने स्रष्टालाई अवार्डमा सहभागिता गराउने उद्येश्य आयोजकको छ ।

प्रतिक बुढाथोकी संयोजक रहेको टिममा नेपालबाट बसन्त निरौला, सिपी पौडेल, पिटरकुमार श्रेष्ठ, बिजय बस्याल, श्रीधर पौडेल, बैकुण्ठराज पराजुली आयोजक सदस्य छन् ।

प्रतिक्रिया दिनुहोस्