एलिनालाई गाह्रो छ !



रंगखबर, काठमाडौँ – मोडल एलिना बाँस्कोटा अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘गाह्रो छ’ बोलको गीतमा एलिनासँगै पंजावी मोडल ह्यारी चहल, नेपाली मोडल लोमस र सन्तोष पनि फिचरिङ छन् ।

मीना निरौलाको स्वर रहेको गीतमा ‘बाहुबली’ नामको कुकूरलाई पनि समावेश गरिएको छ । राजकुमार बगरको शब्द र संगीत रहेको गीतलाई प्रज्वलराज घिमिरेले निर्देशन गरेका हुन् । एलिनाले थुप्रै म्युजिक भिडियो र केहि फिल्ममा पनि काम गरिसकेकी छन् ।

प्रतिक्रिया दिनुहोस्