‘कबड्डी ३’ कलेक्सनले नाघ्यो ७ करोड, दोस्रो साता १० करोड पुग्ने अनुमान



रंगखबर, काठमाडौँ – रामबाबु गुरुङ निर्देशित फिल्म ‘कबड्डी ३’ले पहिलो साता ७ करोड माथिको व्यापार गरेको छ । वितरक कम्पनि ‘स्टेशन ५’ले व्यापारको रिपोर्ट सार्वजनिक गरेको छ ।

१ करोड ४७ लाखको ठुलो ओपनिङ गरेको फिल्मले विकेन्डमा ४ करोड ३२ लाख ग्रस कलेक्सन गरेको थियो । पछिल्लो चार दिनमा फिल्मले अलनेपाल ३ करोड ६ लाख ग्रस बटुल्न सफल भयो । २ करोडको बजेटमा निर्मित फिल्मको जम्मा कलेक्सन ७ करोड ३८ लाख पुगेको छ । फिल्मको दैनिक एभरेज व्यापार १०५.४२ लाख रह्यो ।

बलियो वर्ड अफ माउथ र हल संख्याका कारण फिल्मले दोस्रो साता मै १० करोडको ब्लकबस्टर क्लबमा इन्ट्री मार्ने अनुमान गरिएको छ ।

मणिराम पोखरेल, अर्जुन कार्की र ओमचन्द रौनियारले निर्माण गरेको फिल्ममा दयाहाङ राई, उपासना सिंह ठकुरी, रिश्मा गुरुङ, कर्मा, विल्सन विक्रम राई, बुद्धि तामाङ, विजय बराल, पुस्कर गुरुङ, कविता आले, माओत्से गुरुङ, लूनिभा तुलाधर, कमलमणि नेपाल, डा सिंह गुरुङ, शिला खनाल र मणि के राईलगायतका कलाकारको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्