‘सरौतो’को हिरो सुमी, ट्रेलरमा दमदार एक्सन



रंगखबर, काठमाडौँ – कार्तिक २२ गते रिलिज हुने फिल्म ‘सरौतो’को ट्रेलर रिलिज भएको छ । हरी हुमागाईं निर्देशित फिल्मको ट्रेलर नारीप्रधान छ । फिल्मको केन्द्रिय भूमिकामा सुमी मोक्तान छिन् ।

बदलाको कथामा सुमीको दमदार एक्सन देखाइएको छ । कथामा महिलालाई हिरो बनाइएको छ । उनि सुन्न र बोल्न नसक्ने चरित्रमा देखा परेकी छन् । छायाँकनमा स्थापित हरीले यहि फिल्मबाट निर्देशनमा डेब्यु गर्दैछन् । फिल्ममा विजय लामा, युवराज लामा, सन्नी सिंह, आमिर गौतम, लियो ट्यांक, सम्पदा दाहाल, धिरेन शाक्य, अरुणा कार्कीलगायतका कलाकारको पनि अभिनय छ ।

राघव कृष्ण गौतमको कथा, पटकथा, संवादमा तयार फिल्ममा उत्तम हुमागाईंको छायाँकन, निमेष श्रेष्ठको सम्पादन, शंकर महर्जनको एक्सन र राजनराज सिवाकोटी, पुष्पन प्रधान, कमल खत्रीको संगीत छ ।

शृजना जोशी महर्जन कार्यकारी निर्माता रहेको फिल्ममा लक्ष्मीकुमारी तामाङको लगानी छ । भने, सह-निर्मातामा श्री महर्जन छन् ।

प्रतिक्रिया दिनुहोस्