‘घामड शेरे’ पश्चात पुन: निश्चल र स्वस्तिमाको जोडी दोहरिने



रंगखबर, काठमाडौँ – ‘लूट’ निर्देशक निश्चल बस्नेत पछिल्लो समय अभिनयमा व्यस्त हुन थालेका छन् । उनि अभिनित ‘घामड शेरे’ यहि कार्तिक ८ देखि अलनेपाल रिलिज हुँदैछ ।

प्रचारमा व्यस्त निश्चलले शनिबार राजधानीका प्रशंसकसँग भेटघाट गरे । प्रशंसकले केक काटीदिदा खुसि देखिएका निश्चल आफ्नो आगामी पाइपलाइनको बारेमा पनि खुलाए ।

अब निर्देशनमा कहिले फर्कनु हुन्छ ? भन्ने फ्यानको प्रश्नमा निश्चलले भने, ‘अब मेरो लगानीसहितको होमप्रोडक्सनमा मेरो अभिनय देख्न सक्नुहुनेछ । त्यहाँ पनि स्वस्तिमा मेरो अपोजिटमा हुनेछिन । हुनत, यो फिल्म अगाडी आउनु पर्ने हो । काम विशेषले ‘घामड शेरे’ अगाडी आउने भयो ।’

निश्चलले अगाडी थपे, ‘अबको दुई महिना भित्र सुटिङ सुरु गरेर, कम्तिमा ८ महिना भित्र यो फिल्म तयार गर्नेछौँ । भने, मेरो निर्देशकीय कमब्याक त्यसपछिलाई सोचेको छु ।’

हेमराज बिसीको कथा, पटकथा, निर्देशन र निर्माण रहेको फिल्ममा निश्चलसँगै स्वस्तिमा खड्का, सुष्मा निरौला, बादल भट्ट, लोकेन्द्र लेखक, रोय, सरोज अर्याललगायतका कलाकारको अभिनय छ ।

बिसी मोसन पिक्चर्सको व्यानरमा निर्मित फिल्ममा कालीप्रसाद बाँस्कोटाको संगीत, नरेन्द्र मैनालीको डिओपी र सुरेन्द्र पौडेलको सम्पादन छ । नरेन्द्रविक्रम बुढा क्षेत्री कार्यकारी निर्माता रहेको फिल्ममा निर्देशक बिसी र सिमोश सुनुवारको लगानी छ ।

प्रतिक्रिया दिनुहोस्