‘सम्झना बिर्सना’मा पूजा र आकाशको जोडी, चौथों पटक सहकार्य पक्का



रंगखबर, काठमाडौँ – कलाकार पूजा शर्मा र आकाश श्रेष्ठले चौथों पटक स्क्रिन साझेदारी गर्ने भएका छन् । शुक्रबार यी दुईलाई लिड लिएर फिल्म ‘सम्झना बिर्सना’ घोषणा भएको छ ।

घोषणासँगै फिल्मको शुभ-मुर्हुत पनि गरिएको छ । राजधानीको भद्रकाली मन्दिरमा पूजा र आकाशले फिल्मको क्ल्याप ठोके । दार्जीलिङ, सिक्किम र नेपालको जीवन पद्दतिमा आधारित भएर निर्माण हुने प्रेमकथालाई निमेष प्रधानले निर्देशन गर्नेछन् ।

आदित्य फिल्मसको व्यानरमा निर्माण हुने फिल्ममा आदित्य प्रधान र रेविका प्रधानले लगानी गर्नेछन् । कार्तिक २१ देखि फ्लोरमा जाने फिल्ममा सुनिल थापा, शिशिर राणा र चाँदनी प्रधानको पनि प्रमुख भूमिका रहनेछ । चाँदनीको लागी यो डेब्यु फिल्म हुनेछ ।

पूजा र आकाश अभिनित ‘पोइ पर्यो काले’ शुक्रबारदेखि प्रदर्शनमा आएको छ । भने, ‘सम्हालिन्छ कहिले मन’ पोस्टमा छ । गत वर्ष रिलिज भएको ‘रामकहानी’बाट यो जोडीको सहकार्य सुरु भएको थियो । लगातार सँगै फिल्म खेल्दा यी दुई प्रेममा परेको हल्लाहरु सुनिन थालेका छन् । तर, दुवै जनाले आफुलाई मिल्ने साथी मात्रै भदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्