‘घामड शेरे’ सर्दा बिथोलियो रिलिज, ‘सरौतो’ एक साता पछाडी



रंगखबर, काठमाडौँ – पछिल्लो समय नेपाली फिल्मले रोजेको डेटमा विदेशी फिल्म आउँदा रिलिज बिथोलिने गरेको छ । जसको प्रत्यक्ष असर नेपाली फिल्मलाई पर्ने गरेको छ ।

बैशाख र भदौमा नराम्रोसँग बिथोलिएको नेपाली रिलिज डेट कार्तिकमा आएर पुन: भत्किएको छ । बलिउड फिल्म ‘हाउसफुल ४’को कारण ‘घामड शेरे’ कार्तिक ८ बाट २२ मा पुग्यो । यो मिति ‘सरौतो’, ‘जीवन काँडा की फुल’ र ‘लभ यु हमेशा’ले पहिले नै बुक गरिसकेका थिए ।

‘घामड शेरे’ यो मितिमा आउँदा ‘सरौतो’ले ठाउँ छोड्नु परेको छ । एकै मितिमा चार वटा नेपाली फिल्म रिलिज हुने भएपछी ‘सरौतो’ एक साता पछाडी हटेको हो । सुमी मोक्तान र सन्नी सिंह अभिनित फिल्म अब कार्तिक २९ मा रिलिज हुनेछ ।

निर्देशक हरी हुमागाईंले धेरै फिल्मको जुधाईबाट बच्न कार्तिक २९ मा पुगेको स्वीकारेका छन् । छायाँकार हुँदै पहिलो पटक निर्देशनमा हात हालेका हुमागाईंलाई यो मितिमा पनि सजिलो हुने छैन । यहाँ सौगात मल्लको ‘माछा माछा’ र भुवन केसीको ‘मिस्टर नेपाली’ रिलिज हुँदैछन ।

‘सरौतो’मा आमिर गौतम, विजय लामा, युवराज लामा, धिरेन शाक्य, लियो ट्यांक, अरुणा कार्कीलगायतले पनि अभिनय पस्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्