‘घामड शेरे’को दोस्रो ट्रेलर रिलिज: हेरौँ, के छ नयाँ ?



रंगखबर, काठमाडौँ – दुई साता पछाडी रिलिज धकेलिए पछि ‘घामड शेरे’को नयाँ ट्रेलर रिलिज गरिएको छ । निश्चल बस्नेत र स्वस्तिमा खड्का स्टारर फिल्मको ट्रेलरमा केहि नयाँ दृश्य समावेश गरिएको छ । भने, आधा जति पुराना दृश्य नै छन् ।

हेमराज बिसीको लेखन तथा निर्देशनमा निर्माण भएको फिल्मले एक घामड पात्रको जीवनमा आउने भोगाइको कथा बोल्छ । फिल्मको केन्द्रिय पात्रमा निश्चल छन् । उनको व्यवहार र हर्कत घामड किसिमका छन् । खोला विरुद्द मुद्दा हालेको प्रसंगले फिल्मलाई हाइपमा पुर्याएको छ ।

फिल्ममा स्वस्तिमा खड्का, सुष्मा निरौला, बादल भट्ट, लोकेन्द्र लेखक, रोय, सरोज अर्याललगायतका कलाकारको पनि अभिनय छ । स्वस्तिमाले निश्चल को सालीको भूमिका निर्वाह गरेकी छन् । भने, सुष्मा पत्नीको भूमिकामा छिन् ।

निर्देशक बिसीकै कथा र निर्माण रहेको फिल्मलाई कर्णाली प्रदेशको सुर्खेत र सल्यान जिल्लामा छायाँकन गरिएको छ । यसअघि कार्तिक ८ मा रिलिज हुने भनिएको फिल्म, अब कार्तिक २२ मा रिलिज हुँदैछ ।

बिसी मोसन पिक्चर्सको व्यानरमा निर्मित फिल्ममा कालीप्रसाद बाँस्कोटाको संगीत, नरेन्द्र मैनालीको डिओपी र सुरेन्द्र पौडेलको सम्पादन छ । नरेन्द्रविक्रम बुढा क्षेत्री कार्यकारी निर्माता रहेको फिल्ममा निर्देशक बिसी र सिमोश सुनुवारको लगानी छ ।

प्रतिक्रिया दिनुहोस्