पुषमा सुरक्षा र स्वरुपपुरुषको पहिलो फिल्म ‘सुस्केरा’



रंगखबर, काठमाडौँ – ‘नेपाली फिल्म बनाउन जति गाह्रो छ, त्यो भन्दा चौगुणा मानिन्छ रिलिज गर्न ।’ यो नेपाली फिल्मकर्मीको गुनासो हो । त्यसैले त एउटा फिल्म रिलिज गर्न महिनौँ कुर्नु पर्छ ।

यस्तै समस्यामा फसेको फिल्म ‘सुस्केरा’को अन्तत: रिलिज डेट तय भएको छ । यो अभिनेत्री सुरक्षा पन्त र अभिनेता स्वरुपपुरुष ढकालले पहिलो पटक अभिनय फिल्म हो । सुरक्षा अहिले फिल्म क्षेत्रमा स्थापित भैसकेकी छन् । भने, स्वरुपपुरुषको दोस्रो फिल्म ‘छक्का पन्जा २’ रिलिज भएको डेढ वर्ष कटीसकेको छ ।

अब भने, साम्तेन भुटिया निर्देशित फिल्म पुष २८ मा रिलिज हुनेछ । साम्तेनकै ‘च च हुई’ मंसीर ६ मा रिलिज हुँदैछ ।

लभस्टोरी ‘सुस्केरा’मा मिथिला शर्मा, शिशिर बाङ्देल, सिद्धार्थ उपाध्यायलगायतका कलाकारको पनि अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्