‘पासवर्ड’ निर्माण कम्पनि एबी इन्टरनेशनलले फिल्म वितरण गर्ने



रंगखबर, काठमाडौँ – फिल्म निर्माण कम्पनि एबी इन्टरनेशनल प्रालिले वितरणमा पाइला चाल्ने भएको छ । शुक्रबार रिलिज हुने बलिउड फिल्म ‘मरजावां’बाट कम्पनिले फिल्म वितरण थाल्नेछ ।

कम्पनिका प्रबन्ध निर्देशक अजित कुमार थापाले जारी गरेको प्रेस विज्ञप्तिमा नेपालीसँगै हलिउड, बलिउड फिल्म पनि वितरण गर्ने बताइएको छ । नेपाली फिल्मको अन्तरराष्ट्रियकरणलाई प्रमुख उद्येश्य बनाएको कम्पनिले वर्षेनी दुई वटा स्तरीय फिल्म निर्माण गर्ने पनि दावी गरेको छ ।

कम्पनिले निर्माण गरेको ‘पासवर्ड’ भदौमा रिलिज भएको थियो । तर, बक्सअफिस अपेक्षित भएन । दोस्रो फिल्म ‘सम्हालिन्छ कहिले मन’ पाइपलाइनमा छ ।

प्रतिक्रिया दिनुहोस्