सुर्य इन्टरनेशनल अवार्डको सम्मान र पुरस्कारको नामावली सार्वजनिक



रंगखबर, काठमाडौँ – जापानको टोकियोमा आयोजना हुने दोस्रो ‘सुर्य इन्टरनेशनल अवार्ड’मा हाँस्य सम्राट महजोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई ‘सुर्य रत्न सम्मान दिइने भएको छ ।

कलाकारिता र सामाजिक क्षेत्रमा योगदान पुर्याएका बहुआयामिक व्यक्तित्वलाई ‘सुर्य रत्न सम्मान’द्वारा सम्मान गरिने आयोजकले बताएको छ । यसै अनुरुप महजोडीलाई यस विशेष सम्मान दिन लागिएको हो ।

यस्तै समारोहमा वरिष्ठ अभिनेता निर शाहलाई लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गरिनेछ । भने, कलाकार तथा विमान चालक विजय लामालाई ‘सुर्य कलाकारिता सम्मान’ दिइने बताइएको छ । दुई दशक लामो समय कला पत्रकारितामा सक्रिय पत्रकार तथा निर्देशक लक्ष्मण सुवेदीलाई यसपटकको ‘सुर्य पत्रकारिता पुरस्कार’ प्रदान गरिने आयोजकले बताएको छ । सुवेदीलाई २५ हजार (जापनिज)सहित पुरस्कार दिइनेछ ।

नेपाली फिल्म, कला संस्कृतिको टेवा पुर्याउने उद्येश्यले आयोजना गर्न लागिएको अवार्डले ‘पर्यटन वर्ष २०२०’लाई पनि प्रवर्दन गर्ने सुर्य कर्पोरेसनका अध्यक्ष बाशुदेव लामिछानेले बताए । नोभेम्बर २४ मा टोकियोस्थित नाकानो जिरो हलमा आयोजना हुने अवार्डको लागि भव्य तयारीसमेत भैरहेको उनले बताए ।

फिल्म र संगीतका ६/६ विधामा वितरण गरिने अवार्डमा क्रिटिक्स अन्तर्गत सिनेमा, अभिनेता र अभिनेत्रीको विधा पनि समेटिएको छ ।

५० बढी नेपाली सिने सेलेब्रेटीको उपस्थिति रहने अवार्डको उत्कृष्ट टप ३ को मनोनयन सार्वजनिक भैसकेको छ । पपुलर तर्फको विधामा दर्शकको भोटको आधार विजेता घोषणा गरिने आयोजकले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्