‘ए मेरो हजुर ४’मा सुहानाको जोडी अनमोल, माघदेखि छायाँकन सुरु



रंगखबर, काठमाडौँ – गत वर्षको सुपरहिट फिल्म ‘ए मेरो हजुर ३’ पश्चात अभिनेता अनमोल केसीका कुनै पनि फिल्म फ्लोरमा गएका छैनन् । यो समयावधिमा अनमोल होम प्रोडक्सनको ‘एन्टी हिरो’ र निर्देशक साम्तेन भुटियाको ‘धुपौरे’मा अनुबन्धित भए ।

तर, यी दुवै फिल्म कहिले फ्लोरमा जाने कम्फर्म भएको छैन । यसै बीच शनिबार अनमोलले नयाँ फिल्म साइन गरेका छन् । निर्देशक झरना थापाको ‘ए मेरो हजुर ४’को लागि अनमोल फाइनल भएका हुन् ।

माघ २० देखि छायाँकनमा जाने ‘ए मेरो हजुर ४’मा अनमोलले सुहाना थापासँग जोडी बाध्नेछन् । होम प्रोडक्सनको फिल्ममा सुहाना यसअघि नै फाइनल भैसकेकी थिइन् । यो जोडीलाई ‘ए मेरो हजुर ३’मा दर्शकले अत्याधिक माया दिएका थिए । 

सुनिलकुमार थापाले निर्माण गर्ने फिल्मलाई नेपालसँगै ओमान र हल्याण्डमा खिचिने निर्माण पक्षले बताएको छ । फिल्मको कास्ट एण्ड क्रु पुरा भैसकेको छैन ।

लभस्टोरी जनराको ‘ए मेरो हजुर’ सिरिज दर्शक माँझ लोकप्रिय छ । यसका अघिल्ला तीन वटै शृंखला बक्सअफिसमा सुपरहिट छन् । 

सुनिलकुमार थापा प्रोडक्सन र सुहाना इन्टरटेनमेन्टको व्यानरमा निर्माण हुने फिल्मलाई पूर्णत प्रेमकथामा आधारित रहनेछ ।

प्रतिक्रिया दिनुहोस्