‘जोकर’ले रच्यो इतिहास, विश्वव्यापी कलेक्सन १ बिलियन माथी



रंगखबर, काठमाडौँ – वाकीन फियोनिक्स स्टारर फिल्म ‘जोकर’ले विश्वव्यापी १ बिलियन डलरको व्यापार गरेको छ । घरेलु बक्सअफिसमा रिलिज भएको ४३ औँ दिनमा फिल्मले यो माइलस्टोन पार गरेको हो ।

हलिउडको ‘आर- रेटेड’ फिल्मको इतिहासमा ‘जोकर’ १ बिलियन क्लबमा इन्ट्री मार्ने पहिलो फिल्म हो । यसले अक्टुबर विकेन्डमा अहिलेसम्मकै सर्वाधिक ग्रस कलेक्सनको रेकर्ड पनि राखिसकेको छ । फिल्मको पहिलो विकेन्डको घरेलु कलेक्सन ९३.५ मिलियन डलर थियो ।

टड्ड फिलिप्स निर्देशित क्राइम ड्रामा थ्रिलर फिल्मलाई दर्शक र समिक्षकले उम्दा प्रतिक्रिया दिएका थिए । फिल्मको जम्मा व्यापारमा घरेलु बक्सअफिसको ३२ प्रतिशत योगदान छ । भने, बाँकी ६८ प्रतिशत कलेक्सन विदेशबाट छ ।

१ बिलियन क्लबको सातौँ फिल्म

२०१९ मा विश्वव्यापी १ बिलियन क्लबमा इन्ट्री मार्ने ‘जोकर’ सातौँ फिल्म बनेको छ । यसअघि ‘एभेन्जर्स: इन्ड गेम’ (२.७९७ बिलियन), ‘द लायन किङ’ (१.६५५ बिलियन), ‘स्पाइडर म्यान: फार फ्रम होम’ (१.१३१ बिलियन), ‘क्याप्टेन मार्भल’ (१.१२८ बिलियन), ‘टोय स्टोरी ४’ (१.०७३ बिलियन) र ‘अलाद्दीन’ (१.०५० बिलियन)ले यो माइलस्टोन पार गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्