अभिनेता विपिन कार्कीलाई पुत्री लाभ



रंगखबर, काठमाडौँ – भर्सटायल अभिनेता विपिन कार्कीलाई पुत्री लाभ भएको छ । पत्नी रेश्मा कटुवालले सोमबार बिहान बल्खुस्थित बयोधा हस्पिटलमा पहिलो सन्तान स्वरुप छोरीलाई जन्म दिइन ।

पुत्री लाभ पश्चात विपिनले सामाजिक संजालमा खुसि व्यक्त गरेका छन् । छोरीसँगको तस्विरमा बुबा बन्दाको खुसि झल्किन्छ । विपिन र रेश्मा ५ वर्ष अगाडी वैवाहिक जीवनमा बाँधिएका थिए ।

विपिनले फिल्म ‘सेल्फी किङ’को छायाँकन सकाएर बसेका छन् । यो वर्ष उनको ‘जात्रै जात्रा’ रिलिज भएको थियो । जो बक्सअफिसमा सुपरहिट सावित भयो ।

प्रतिक्रिया दिनुहोस्