रोमान्टिक यशराज र ऋचा



रंगखबर, काठमाडौँ – मंसीर १३ मा रिलिज हुने फिल्म ‘लभ यू हमेशा’को रोमान्टिक गीत सार्वजनिक भएको छ । ‘यो हावा किन चल्छ बोलको गीतमा मुख्य कलाकार यशराज गरच र नवअभिनेत्री ऋचा थापा फिचर्ड छन् ।

विदेशी भुमिमा खिचिएको गीतको कोरियोग्राफर शिव ढकाल हुन् । भासुको शब्द, संगीतमा तयार गीतमा मेलिना राई सुदिर राईले स्वर दिएका छन् ।

रोमान्टिक-लभस्टोरी जनरामा निर्देशक भास्कर प्रधानको कथासँगै लेखन पनि छ । फिल्ममा यशराज र ऋचासँगै  फिजा योन्जन, शिशिर राणा, गोपाल ढकाल (छन्दे), पिटी योल्मा, प्रमिला राई, सल्देन तामाङलगायतले पनि अभिनय गरेका छन् ।

धर्मा क्रियसनको व्यानरमा निर्मित फिल्ममा यवन गुरुङको लगानी छ । उनीसँग लगानीमा मिलन गुरुङले सहकार्य गरेका छन् ।

https://youtu.be/Kog0YNvtg-8

प्रतिक्रिया दिनुहोस्