रिलिज भयो आर्यनको ‘च च हुई’, स्पेशल शोमा मिल्यो यस्तो प्रतिक्रिया



रंगखबर, काठमाडौँ – साम्तेन भुटिया निर्देशित फिल्म ‘च च हुई’ रिलिज भएको छ । नेपाली सोलो भएपनि विदेशी तीन फिल्मको चपेटामा ‘च च हुई’ परेको छ ।

रोमान्टिक-कमेडी जनराको फिल्ममा आर्यन सिग्देल, मिरुना मगर, भोलाराज सापकोटा, माओत्से गुरुङलगायतका कलाकारको अभिनय छ । रिलिजको पहिलो दिन राजधानीमा फिल्मको विशेष शो पनि सम्पन्न भएको छ ।

सिमित फिल्मकर्मी र पत्रकारलाई देखाइएको शोमा निर्माण पक्षले चित्त बुझ्दो प्रतिक्रिया पाएन । फिल्मलाई मिस्रित प्रतिक्रिया मिल्यो । सम्पादन र छायाँकनमा फिल्मको तारिफ हुँदा कथा, पटकथा, प्रस्तुति र कलाकारको अभिनयमा उपस्थित पाहुनाले ग्रिन सिग्नल दिएनन् ।

भोलाराज सापकोटाले अभिनयमा तारिफ बटुल्दा अन्य कलाकारको काममा पाहुनाले खासै शब्द खर्चिएनन । विशेषत निर्देशक भुटियाले नकारात्मक कमेन्टको प्रहार सहनुपर्यो ।

कुनै बेला ‘तान्द्रो’ फिल्मबाट वाहवाही बटुलेका भुटिया रम-कम जनरामा चिप्लिएका छन् ।

व्यवसायिक फिल्म बनाएका कारण दर्शकले फिल्म रुचाउनेमा निर्माण पक्ष आशावादी देखिएको छ । अब हेर्न बाँकी छ, फिल्मलाई दर्शकले के भन्नेछन् ?

प्रतिक्रिया दिनुहोस्