‘चपली हाइट ३’ र ‘प्रेमगीत ३’को भिडन्त पक्का



रंगखबर, काठमाडौँ – छायांकन सुरु भएको पाँचौ दिनमा फिल्म ‘चपली हाइट ३’को रिलिज डेट घोषणा गरिएको छ । स्वस्तिमा खड्का स्टारर फिल्म चैत २८ मा रिलिज हुनेछ ।

यो मितिमा वर्षकै प्रतिक्षित फिल्म ‘प्रेमगीत ३’ रिलिज हुँदैछ । छायांकनमै रहेको ‘प्रेमगीत ३’ले महिनौ पहिले चैत २८ लाई रिलिज डेट तोकेको थियो ।

‘चपली हाइट ३’ रिलिज घोषणा गरेसँगै अब स्वस्तिमा र प्रदीप खड्काको आमनेसामने पक्का भएको छ । यी दुईले ‘प्रेमगीत २’को एक गीतमा स्क्रिन शेयर गरेका थिए । दुवै फिल्म प्रतिक्षित भएका कारण यो खबरले फिल्मीबजारमा हलचल पैदा भएको छ ।

अर्जुन कुमारको निर्माणमा छायाँकन भैरहेको ‘चपली हाइट ३’लाई निकेश खड्काले निर्देशन गरिरहेका छन् ।

सस्पेन्स थ्रिलर जनरामा स्वस्तिमासँगै सुपुष्पा भट्ट, आमिर गौतम, महेश त्रिपाठी र प्रतिक श्रेष्ठको मुख्य भूमिका छ ।

प्रतिक्रिया दिनुहोस्