‘प्रेमगीत ३’ क्यारेक्टर पोस्टर, शिव श्रेष्ठको राजा यौद्धावीर अवतार



रंगखबर, काठमाडौँ – प्रतिक्षित फिल्म ‘प्रेमगीत ३’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । क्यारेक्टर पोस्टरमा अभिनेता शिव श्रेष्ठ प्रस्तुत छन् । दर्शकको लागि उनको अवतार भिन्न लाग्छ ।

राजा यौद्धावीरको भूमिका निभाएका  शिव यो अवतारमा क्रोधित देखिएका छन् । उनको भूमिका आक्रामक स्वभावको हुन् सक्ने पोस्टर हेरेर अनुमान लगाउन सकिन्छ ।

प्रदीप खड्का र क्रिष्टिना गुरुङको शिर्ष भूमिका रहेको फिल्मलाई छेतेन गुरुङ र सन्तोष सेन मिलेर निर्देशन गरिरहेका छन् । सेन फिल्मका निर्माता र कलाकार पनि हुन् ।

फिल्मको इनडोर सुटिङ सकिएको छ । इनडोरमा ४० प्रतिशत बढी फिल्म खिचेपछि अब जम्बो टिम मनाङ प्रस्थान गर्दैछ । राजधानीको किर्तिपुरमा भव्य सेट निर्माण गरेर फिल्मको इनडोर दृश्य कैद गरिएको थियो ।

२ सय वर्ष अगाडीको प्रेमकथामा प्रदीप, क्रिष्टिना, शिवसँगै सुनिल थापा, माओत्से गुरुङ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, सम्वृद्धि शाही ठकुरीलगायतका कलाकारले पनि अभिनय गरिरहेका छन् ।

राजेश श्रेष्ठले खिच्ने फिल्ममा हिमाल केसीको द्वन्द्व, कविराज गहतराजको कोरियोग्राफी र बनिश शाह/भुपेन्द्र अधिकारीको सम्पादन रहनेछ । आशुसेन फिल्मसको व्यानरमा निर्मित फिल्म चैत २८ गते रिलिज हुनेछ ।

प्रतिक्रिया दिनुहोस्