सेल्फी किङ टिजर: सेलेब्रेटी बन्दाको घमण्ड र पिडा



रंगखबर, काठमाडौँ – अभिनेता विपिन कार्की अभिनित फिल्म ‘सेल्फी किङ’को टिजर सार्वजनिक गरिएको छ ।

विशाल सापकोटाको लेखन तथा निर्देशन रहेको फिल्मले एक चर्चित हाँस्य कलाकार(टेलिभिजन)ले कला यात्राको दौरान आफुले पाएको सफलता र व्यक्तिगत जीवन बिचको सन्तुलन मिलाउन गर्ने संघर्षको कथा भन्छ ।

१ मिनेट २ सेकण्ड लामो टिजरमा विपिन मात्र प्रस्तुत छन् । फिल्ममा विपिनले एक चर्चित हाँस्यकलाकारको भूमिका निर्वाह गरेका छन् । फिल्मको टिजरले उडान पछिको दुर्घटनालाई प्रस्तुत गरेको छ ।

टिजरमा विपिन उर्फ सेल्फी किङ भन्छन ‘यो मुला स्टारडम, सेलेब्रेटी, पपुलारिटी भन्ने कुरा छ नि – मुतको न्यानो जस्तो मात्रै हो । एकछिन तातो हुन्छ मज्जा आउछ, एकछिन पछि जब चिसो हुन्छ नि – अनि गन्हाउन थाल्छ, घिन लाग्न थाल्छ ।’ यो संवादले फिल्मको मूल मन्त्र प्रष्ट्याउछ ।

फिल्मलाई निर्देशक दिनेश राउत र निर्माता सुवास थापाले निर्माण गरेका हुन् । फिल्म माघ २४ मा रिलिज हुँदैछ । फिल्मको सह-निर्मतामा राजेश बिसुराल र प्रवल कोइराला छन् ।

प्रतिक्रिया दिनुहोस्